२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न

Nada
२०८३ असोज ७ गते १९:०८
Shares
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न

काठमाडौँ : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ ।

ncell

स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो ।

स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताइन् । अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको उनको भनाइ छ ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताइन् । अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गर्ने प्रणालीलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

असार महिनाको भुक्तानीसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व सम्पन्न भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई नियमित र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर