२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

Nada
२०८३ असोज ७ गते २०:१४
Shares
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

काठमाडौं : काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

ncell

बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो । उनको बिहीबार दाहसंस्कार गरिने भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी पाँच दिनदेखि ह्याम्स अस्पतालमा उपचाररत थिए ।

शर्मा ६ कार्यकाल काठमाडौं विश्वविद्यालयमा उपकुलपति भएका थिए । उनकै नेतृत्वमा केयूको स्थापना भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर