२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भारतीय सेनामा कार्यरत नेपाली सैनिक तथा भूतपूर्व सैनिक परिवारद्वारा बाढीपीडितका लागि २३ लाख बढी सहयोग

Nada
२०८३ असोज ७ गते २१:०२
Shares
भारतीय सेनामा कार्यरत नेपाली सैनिक तथा भूतपूर्व सैनिक परिवारद्वारा बाढीपीडितका लागि २३ लाख बढी सहयोग

काठमाडौं : भारतीय सेनामा कार्यरत नेपाली सैनिक तथा ६/५ गोर्खा राइफल्स (अग्रिम बल)का सम्पूर्ण भूतपूर्व सैनिक परिवारले रसुवा बाढीपीडितका लागि २३ लाख ३३ हजार ६६३ रुपैयाँ सहयोग गरेका छन् । 

ncell

रसुवामा आएको प्राकृतिक विपद्प्रति एकताबद्धता जनाउँदै भारतीय सेनामा कार्यरत नेपाली सैनिक, ६/५ गोर्खा राइफल्स (अग्रिम बल) का कमान अधिकारी, सुबेदार मेजर, सम्पूर्ण पल्टन परिवार तथा दार्जीलिङ, देहरादुन, बेलायत र नेपालमा रहेका अवकाशप्राप्त सैनिक परिवारले उक्त रकम सहयोग गरेका हुन् । 

सहयोग रकम रसुवा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत अर्थ मन्त्रालयको कार्यालयमा भूतपूर्व सैनिकहरूको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

सैनिक कर्तव्य निर्वाह गरिरहेका नेपाली सैनिकहरूले मातृभूमिमा परेको विपद्को पीडालाई आफ्नै पीडाका रूपमा आत्मसात् गर्दै सहयोग गरेका हुन् । विपद्को कठिन घडीमा पल्टनका सम्पूर्ण परिवारले एकता र सहानुभूति प्रकट गर्दै गरेको सहयोगले सैनिक सेवामा रहे पनि नेपाली माटो र नेपाली जनताप्रतिको आत्मीय सम्बन्धलाई थप उजागर गरेको जनाइएको छ ।

रसुवा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको मानवीय सहयोगप्रति ६/५ गोर्खा राइफल्स (अग्रिम बल) का कमान अधिकारी, सुबेदार मेजर, सम्पूर्ण पल्टन परिवार तथा देश–विदेशमा रहेका भूतपूर्व सैनिक परिवारप्रति सम्मान तथा आभार व्यक्त गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर