२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा बाबुराम भण्डारी निर्वाचित

Nada
२०८३ असोज ८ गते ११:३०
Shares
प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा बाबुराम भण्डारी निर्वाचित

टोकियो : प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको अध्यक्षमा बाबुराम भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २२औँ राष्ट्रिय अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

ncell

सेप्टेम्बर २० तारिख आइतबार टोकियोमा सम्पन्न २२औँ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको भए पनि नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा शपथग्रहण भने सेप्टेम्बर २३ तारिख बुधबार गरिएको हो ।

नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरिए पनि आपसी सहमति जुट्न केही समय लागेकाले नयाँ कार्यसमिति घोषणा गर्न ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विदेशस्थित संगठन हो ।

बुधबार घोषणा गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा महेन्द्रकुमार अधिकारी, सचिवमा बुद्धीराज लामा गोले, उपसचिवमा अर्जुन आचार्य र महिला सचिवमा ममता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा शंकर रिमाल, राज्यमान छारा, अच्युत लोहनी, विजय उप्रेती, महेश खड्का, केशव लामिछाने, मनोज श्रेष्ठ, नासिर मियाँ, गम्भीर बस्नेत, दिपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा, नरेश राई, डिल्लीबहादुर कटुवाल, भैरव अधिकारी, मिरा कुइँकेल, ओम खड्का र अर्जुन थापा चयन भएका छन् ।

समावेशीताका आधारमा थप चार सदस्यलाई मनोनीत गर्ने व्यवस्था गरिएको संगठनले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले संगठनलाई थप जिम्मेवार, अनुशासित र प्रभावकारी बनाउँदै नेपाल तथा नेपालीप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भण्डारी लामो समयदेखि प्रवासी नेपाली मञ्च जापानमा सक्रिय रहँदै आएका छन् । उनी जापानमा विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन् । साथै, उनले जापानमा आफ्नै निजी व्यवसायसमेत सञ्चालन गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर