२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल

Nada
२०८३ असोज ८ गते ११:३३
Shares
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो, सबै यात्रु सकुशल

काठमाडौँ : डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएको छ ।

ncell

नेपालगन्जबाट डोल्पाका लागि उडेको सो विमान बिहीबार बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको चक्का फुत्किएर बाहिर निस्किएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त विमानमा ७ जना विदेशी नागरिक र ६ जना नेपालीसहित कुल १३ जना (११ पुरुष र २ महिला) सवार थिए ।

विमानको चक्का फुत्किए पनि कुनै मानवीय क्षति भएको छैन । चालक दलका सदस्य तथा सबै यात्रुहरू पूर्ण रूपमा सकुशल रहेको बताइएको छ । 

ताजा खबर

सम्बन्धित खबर