२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

Nada
२०८३ असोज ८ गते १४:५४
Shares
भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

काठमाडौँ : राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको विदेश भ्रमणको कूटनीतिक शैलीप्रति आपत्ति जनाएका छन् ।

ncell

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कारागार र निकुञ्ज प्रशासनमा भइरहेको भनिएको आर्थिक लेनदेनको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सांसद विष्टले कारागार विभागका कैदीहरूसँग प्रतिव्यक्ति एक करोड र निकुञ्जका वार्डन सरुवामा २५ लाख रुपैयाँसम्मको घुस लेनदेन भएको सार्वजनिक अडियो–भिडियो प्रकरणमा ध्यानाकर्षण गराए ।

उनले यसलाई सुशासनको नारा दिने सरकारको विडम्बनापूर्ण अवस्थाको संज्ञा दिँदै मुख्य योजनाकारहरूमाथि कडा कारबाही हुनुपर्ने माग राखे ।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामाथिको भ्रमणबारे टिप्पणी गर्दै विष्टले कूटनीतिक मर्यादामा चुकेको आरोप लगाए ।

उनले भने । ‘प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, कुनै ब्रान्डको प्रचार गर्न होइन । कूटनीतिक भेटघाट र प्रभावकारी संवादको साटो सस्तो प्रचारबाजीमा लाग्नु दु:खद् छ ।’

भोटेकोशी बाढीपीडितको राहत वितरणमा देखिएको सुस्तताप्रति पनि उनले आक्रोश व्यक्त गरे । सरकारले १५ अर्ब राहत संकलन गरेको दाबी गरे पनि हालसम्म एक अर्ब रुपैयाँ मात्र परिचालित हुनुले पीडितहरूको घाउमा मलम लाग्न नसकेको उनको भनाइ छ ।
 

ताजा खबर

सम्बन्धित खबर