२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

Nada
२०८३ असोज ९ गते १७:४८
Shares
झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)
तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

काठमाडौं : वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ । वसन्तपुरमा मनसुनी झरीबीच रथ यात्रा, विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाच प्रदर्शनी गरेर इन्द्रजात्रा मनाइएको हो ।

ncell

May be an image of one or more people, crowd and text

इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो । रथयात्रा हेर्न ठुलो संख्यामा स्थानीय, उपत्यकाका सर्वसाधारण वसन्तपुर तथा आसपासका सडकमा भेला भएका थिए । परम्परागत बाजागाजा बजाउँदै विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो।

May be an image of one or more people, temple and text

इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहने गरेका छन् ।

इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री र विशिष्ट व्यक्ति वसन्तपुर पुगेका थिए ।

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, temple, crowd and text

May be an image of text

May be an image of one or more people, crowd and text

May be an image of one or more people and text

May be an image of crowd and text

May be an image of crowd, temple and text

May be an image of crowd and text

May be an image of one or more people, crowd, temple and text

ताजा खबर

सम्बन्धित खबर