२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पृथ्वी राजमार्गको बांगेमा खस्यो विशाल पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

Nada
२०८३ असोज ९ गते १८:४८
Shares
पृथ्वी राजमार्गको बांगेमा खस्यो विशाल पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ : पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बांगेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

ncell

सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि सयौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । 

राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्याधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ । स्थानीय प्रशासनका अनुसार लामो समयदेखिको वर्षाका कारण कमजोर बनेको जमिन र भिरालो भूगोलका कारण पहिरो खसेको हो । 

बाढीको उच्च जोखिम झेलिसकेको सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्गको पुन:स्थापना थप चुनौतीपूर्ण बनेको छ । सडक अवरुद्ध भएसँगै काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो मार्गमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।

प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्र भएकाले यस भेगमा थप पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन प्रशासनले सतर्क गराएको छ । 

ताजा खबर

सम्बन्धित खबर