२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राहदानी डेलिभरी श्रमिकको हितमा : महावाणिज्यदूत ओडारी

Nada
२०८३ असोज १० गते ०६:३०
Shares
राहदानी डेलिभरी श्रमिकको हितमा : महावाणिज्यदूत ओडारी

दुबई, युएई : संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले सेप्टेम्बर २४ शुक्रबारबाट नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराइने बताएका छन् ।

ncell

महावाणिज्यदूत ओडारीका अनुसार सेप्टेम्बर २४ अघि राहदानी नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीले भने यो सुविधा पाउने छैनन् ।

महावाणिज्यदूत ओडारीले राहदानी आवश्यक परेका नेपालीलाई सेवा दिन उच्चतम प्रयास गरिएको मध्यान्हलाई बताए । उनले दुबईमा नेपाली श्रमिक र अन्य पेशा व्यवसाय गर्ने नेपालीको संख्या दैनिक रूपमा बढेको, तर महावाणिज्यदूतावासमा कार्यरत जनशक्तिको संख्या सानो रहेको भएपनि यहाँ रहेका नेपालीलाई झन्झट र हैरानी नहोस् भन्ने सेवाभावका साथ काम गरिरहेको पनि बताए ।

राहदानी डेलिभरीको सुविधाले श्रमिकहरूलाई ट्राभल खर्च बच्ने, राहदानी लिनकै लागि कार्यक्षेत्रबाट बिदा लिनुनपर्ने जस्ता फाइदा पुग्ने महावाणिज्यदूत ओडारीले दाबी गरे ।

सम्बन्धित खबर