२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल, उपभोक्ताको आकर्षण

Nada
२०८३ असोज १० गते ०९:३५
Shares
साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल, उपभोक्ताको आकर्षण

बागलुङ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दशैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । 

ncell

कर्पोरेशनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ । दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मूल्य पसलमा आउने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मूल्यमा चिनी, नून, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताए। 

नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । 

 कार्यालयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । सुपथ मूल्यसँगै गुणस्तरीय सामग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन् ।

बजारमा मूल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन् । 

उपभोक्तालाई बिलसहित कारोबार गरिरहेको छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए । पसल आगामी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ ।  

सम्बन्धित खबर