२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Nada
२०८३ असोज १० गते १६:४६
Shares
राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह केहीबेर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

ncell

महासभामा सहभागी हुन उनी गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाहले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । महासभामा सहभागिता पूरा गरेर उनी आज स्वदेश फर्किएका हुन् ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेका थिए । 

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उनले ‘हिमालयको सुनामी’ ले निम्त्याएको विनाशलाई विश्वसामु प्रस्तुत गरे। जलवायु संकटलाई बेवास्ता गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए।

ताजा खबर

सम्बन्धित खबर