२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

राणाविरुद्ध उजुरी दिने को हो ?

Nada
२०८३ असोज ११ गते ०८:०५
Shares
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा परेका छन्। महाराजगन्जस्थित उनको निवासबाटै प्रहरीले जबरालाई नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्। यद्यपि, उजुरीमा के आरोप लगाइएको छ भन्नेबारे प्रहरीले अहिलेसम्म विस्तृत जानकारी दिएको छैन।

ncell

सर्वोच्च अदालतको नेतृत्वमा रहँदा जबरामाथि मन्त्रिपरिषद्मा भाग खोजेको लगायतका आरोप लागेका थिए। ती आरोपलाई लिएर कानुन व्यवसायीहरूले लामो समय आन्दोलनसमेत गरेका थिए।

२०७५ पुस १८ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

सम्बन्धित खबर