२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

ADV
मध्यान्ह
२०८१ भदौ १ गते १२:०८
पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रेपलाञ्चोक :  सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको  छ । 

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आजविहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए ।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । 

साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।  उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise