२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

दुई वटा हिमताल फुटेपछि सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि

Nada
२०८१ भदौ १ गते १५:३५
Shares
दुई वटा हिमताल फुटेपछि सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ  । 

ncell

शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा हिमताल फुटेको पाइएको छ भने दुइ वटा हिमताल अझै जोखिममा छन् । 

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ ।

ताजा खबर

सम्बन्धित खबर