२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

खाद्य, ऊर्जा र जलवायु संकटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८१ भदौ १ गते १६:१९
खाद्य, ऊर्जा र जलवायु संकटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् ।

भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृंखलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गरेकोमा आफ्ना भारतीय समकक्षीको सराहना गरे । 

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा संकट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामूहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन् । तुलनात्मकरूपमा न्यून आर्थिक एवम् औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise