२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

पक्राउ परेको दुई दिनमै छुटे बाल मन्दिरका पूर्वउपाध्यक्ष श्रेष्ठ

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १७:४३
पक्राउ परेको दुई दिनमै छुटे बाल मन्दिरका पूर्वउपाध्यक्ष श्रेष्ठ

काठमाडौं : नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको सीआईबीले जनाएको छ । सीआईबीले शुक्रबार पूर्वउपाध्यक्ष श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बद्नियतरुपमा म्याद समाप्त नभइ नवीकरण गरेको भन्ने आरोप छ ।

बालमन्दिरको नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल बृहस्पति विद्या सदनले भाडामा लिएको छ । बृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ ।

जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा वैशाख २७ गते २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise