२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कोटिहोममा भएको घटनाबारे छानबिन समिति गठन (निणर्यको पत्रसहित) 

ADV
मध्यान्ह
२०८१ भदौ १ गते १९:०७
कोटिहोममा भएको घटनाबारे छानबिन समिति गठन (निणर्यको पत्रसहित) 

काठमाडौं : पशुपतिनाथको कोटिहोममा शुक्रबार भएको घटनाबारे छानबिन समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा रहेका छन् ।

शुक्रबार कोटिहोमका आयोजक विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरुद्ध नाराबाजी र हुलहुज्जत भएको थियो । भण्डारीमाथि ठगीको आरोप लागेको छ । 

सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक कृष्णमूर्तिका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

आफूलाई धार्मिक गुरु बताउने कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise