
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय थप गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले यसअघि आज दिउँसो ४ बजेसम्म तोकेको मनोनयन दर्ता समयलाई बढाएर साँझ ६ बजेसम्म पुर्याएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको सहजताका लागि मनोनयन पत्र दर्ता गर्ने समय दुई घण्टा थप गरिएको हो ।
अब इच्छुक उम्मेदवारहरूले आज साँझ ६ बजेसम्म आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन् ।