२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पूर्व डीआइजी खरेलबिरुद्ध अख्तियारमा उजुरी

Nada
२०८१ भदौ २ गते १४:०५
Shares
पूर्व डीआइजी खरेलबिरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज कँडेल ‘सफल’ले पूर्व डिआइजी रमेश खरेलबिरुद्द उजुरी दिएका हुन् ।

ncell

नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न सफलले अख्तियारको ध्यानाकर्षण गराएका हुन् । सफलले आयोगलाई पत्र पठाउँदै खरेलमाथि छानबिन गरी कारबाहीका लागि ध्यानाकर्षण गराएका छन् ।

सफलले आयोगमा गरेको उजुरीमा भनिएको छ, ‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको र कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु ।’

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् । नक्कली सुराकी खडा गरी सुराकी रकम लिन दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।    

ताजा खबर

सम्बन्धित खबर