२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘खगेन्द्र सुनारको जायज माग सरकारले पूरा गर्नुपर्छ’

Nada
२०८१ भदौ २ गते १६:५६
Shares
‘खगेन्द्र सुनारको जायज माग सरकारले पूरा गर्नुपर्छ’

काठमाडौँ : सांसद मायाप्रसाद शर्माले बाढीपहिरोबाट देशभरि धेरै जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

ncell

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले भने, “भेरी कोरिडोर जोड्ने डोल्पा जाने सडक छँदैछ, सदरमुकाम पुग्न धेरै सास्ती भएको छ, पानी पर्ने बित्तिकै खोला पैदलयात्रा गर्न पनि गाह्रो हुन्छ, त्यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।” 

सांसद भगवती न्यौपानेले राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद राधेश्याम पासवानले दलित अभियन्ता खगेन्द्र सुनुवार दुई हप्तादेखि संवैधानिक अधिकार लागू गराउनका लागि पाँचबुँदे माग राखेर माइतीघरमा आन्दोलनरत भए पनि सरकारले उहाँको मागप्रति कुनै सुनुवाइ नगरेको गुनासो गरे ।

सांसद सुमित्रा बिसीले देशभरि बाढी पहिरो र सोलुखुम्बुमा हिमताल फुटेर क्षति भएका तथा कर्णाली प्रदेशमा वन्यजन्तुले गरेको नोक्सानीबारे सरकारको ध्यानाकर्षण गराइन् । उनले किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।  

ताजा खबर

सम्बन्धित खबर