२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

क्रियाशील पत्रकारहरूको साझा मोर्चाले बुझायो महासंघलाई ज्ञापनपत्र

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १९:३४
क्रियाशील पत्रकारहरूको साझा मोर्चाले बुझायो महासंघलाई ज्ञापनपत्र

काठमाडौं : क्रियाशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापनपत्र बुझाएको छ । योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेललाई सो ज्ञापन पत्र बुझाएको हो । टोलिमा मोर्चाका प्र​बिण कुमार चौध​री, दामोद​र प्र​साद द​वाडी, दवि प्र​साद साप्कोटा, योगेश खाप​aङी ल​गाय​त को स​ह​भागिता र​हेको थियो ।

निर्वाचन प्रक्रिया पूरा नगराए केन्द्रीय समितिलाई सामूहिक राजीनामा दिन समेत सो ज्ञापनपत्रमा भनिएको छ । अन्यथा आन्दोलन गर्ने चेतावनी पनि दीएको छ ।साथै मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशनसम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ ।

महासंघबाट माग गरिएका विषयमा मोर्चाले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग र सूचनाको हक महासंघ समेतलाई बोद्धार्थ जानकारी गराइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise