२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँफिकोट गाउँपालिकाको ३७औं कार्यपालिका बैठक सम्पन्न

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २७ गते २०:२१
बाँफिकोट गाउँपालिकाको ३७औं कार्यपालिका बैठक सम्पन्न

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको ३७औं कार्यपालिका बैठक सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा मगरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

बैठकले सामाजिक सुरक्षा भत्ताका लागि उमेर पुगेका जेष्ठ नागरिक, पोषण भत्ताका लागि ५ वर्ष मुनिका बच्चाहरुको टिपोट गर्न छुटेको विवरण असार १ गतेसम्म सम्बन्धित वडामा पेस गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता जोग बहादुर चन्दले बताए ।

त्यस्तै बैठकले विषयगत समितिको बैठक असार ६ र ७ गते बस्ने असार ८ र ९ गते कार्यपालिकाको बैठक बस्ने र असार १० गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश रसाइलीले बताए । 

जेष्ठ किसान भत्ताका लागि छुटेका व्यक्तिहरुले असार २ गते भित्र सम्बन्धित वडामा आवश्यक कागजातहरु पेस गर्ने निर्णय भएको अधिकृत रसाइलीले बताए । बैठकमा गाउँपालिकाका सबै कार्यपालिका सदस्यको सहभागीता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise