२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भिं द्यो पूजा भदौ ११ गते हुने

ADV
मध्यान्ह
२०८१ भदौ २ गते २२:२१
भिं द्यो पूजा भदौ ११ गते हुने

ललितपुर : सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको सातौं स्थापना दिवस तथा भिं द्यो पूजा भदौ ११ गते मंगलबार हुने भएको छ । 

सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले बताए ।

डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाउन सफल भएको जानकारी गराए । 

सुनाकोठीमा भब्य तामझामका साथ सातौंं वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका सदस्य तथा गायक रुपेश डंगोलले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise