२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्युु, छ जनाको जीवितै उद्धार

Nada
२०८१ भदौ ३ गते १०:१७
Shares
बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्युु, छ जनाको जीवितै उद्धार

बैतडी : अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

ncell

गए राति गएको पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु भएको उनले बताएकी हुन्  । उनले भनिन् , “चार जनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छ जनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर