२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जाजरकोटको पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १०:४०
जाजरकोटको पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन् । 

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै  छ । 

ADVADV

सम्बन्धित खबर

Advertise