२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

शिक्षकलाई व्यवहारिक सीपमूलक ‘स्टिम शिक्षा’ तालिम

Nada
बिन्द्र राई
२०८१ जेठ २७ गते २१:०७
Shares
शिक्षकलाई व्यवहारिक सीपमूलक ‘स्टिम शिक्षा’ तालिम

उदयपुर : उदयपुरमा शिक्षकहरुका समयसापेक्ष व्यवहारिक सीपमूलक स्टिम शिक्षा शिक्षण विधि सिकाइ तालिम सम्पन्न भएको छ ।

ncell

काठमाडौं यूनिभर्सिटी स्कूल अफ शिक्षाशास्त्र शंकाय हात्तिवन ललितपुरको आयोजना तथा  त्रियुगा नगरपालिका १ जोगिदह र २  वडा खैजनपुरको समन्वयमा जोगिदहमा सञ्चालित तीन दिने तालिम आइतबार सम्पन्न भएको हो  ।

तालिममा त्रियुगा नगरपालिकाको १ र २ वडाका सामुदायिक र संस्थागत विद्यालय गरी २४ जना शिक्षक शिक्षिकाहरुले सहभागिता जनाएका थिए । 

काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन हात्तिवन ललितपुरको स्टिम एजुकेशन प्रशिक्षक रन्जना पोखरेलले अहिलेको समय सापेक्ष अनुसार स्टिम एजुकेशन व्यवहारिक र व्यवसायिक शिक्षा रहेको बताइन् । पोखरेलले स्टिम एजुकेशनमा  शैक्षिक क्षेत्रमा  विज्ञान,प्रविधि,इन्जिनियरिङ्ग र गणितीय खोज अनुसन्धानमुलक शैक्षिक विषय रहेको उल्लेख गर्दै  यसलाई शिक्षण विधि र शिक्षा प्रणालीमा जोडेर अगाडि बढ्न सक्ने बताइन् । 

उनले खोजमूलक लेशन, कक्षा कोठाको समस्या समाधान, बालबालिका तथा विद्यार्थीलाई समूहमा घुलमिल जोड गराउने, शिक्षालाई प्रविधिसँग जोड्ने, शिक्षण सिकाइ, प्रोजेक्ट वेश,बालबालिकालाई आफ्ना काम आफैँ गर्न सक्ने बानी अर्थात् स्वायतता जस्ता बानीको विकास गर्ने जस्ता शैक्षिक विषयहरु समेटिएको बताइन् ।  

सम्बन्धित खबर