२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ललितपुरको कुम्मेश्वरमा आगलागी

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १४:००
ललितपुरको कुम्मेश्वरमा आगलागी

ललितपुरः ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बङ्गलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो । 

ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौंका ६ दमकल प्रयोग गरिएको थियो । ‘क्षतिको एकीन विवरण आइसकेको छैन’, उनले भने ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास लिक भएर आगलागी भएको जानकारी दिए । सो क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise