२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मोदीसँग आरजुको भेटवार्ता

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते ०६:५०
मोदीसँग आरजुको भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।  राणाले सोमबार नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा शिष्टचार भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि लिखित निमन्त्रणा पठाएका थिए ।

आइतबार भारत गएकी परराष्ट्रमन्त्री राणाले सोमबार दिउँसो भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता गरेकी थिइन् । भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी परराष्ट्र मन्त्री राणाले साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी हुन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको नयाँ दिल्लीमा भएको शिष्टाचार भेटको तस्विर राणाले सामाजिक संजालमा राखेकी छन् । उनले लेखेकी छन्, ‘भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’ 

वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise