२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट 

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते १२:१८
संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट 

संखुवासभा : सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ ।

पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैद्य ज्ञानेन्द्र प्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए । शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । 

जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोप छ । घटना लगत्तै पीडित शाहले स्थानीय प्रहरी पोस्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाई बुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः इन्चार्ज शाहको कोठामा पुगेर धम्क्याएको पीडितले बताए । 

शाहले सोमबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise