२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सहकारीको सात करोड हिनामिना : स्क्वायर सहकारीका अध्यक्ष पक्राउ

Nada
२०८१ जेठ २७ गते २१:४०
Shares
सहकारीको सात करोड हिनामिना : स्क्वायर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौंको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्ष सहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी) ले जनाएको छ । पक्राउ परेहरूमाथि सहकारीको सात करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

सहकारीका निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिनामिना गरेको आरोप रहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले पीडित अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आउन अनुरोध गरिएको जानकारी दिए ।

मासिक/त्रैमासिक/वार्षिकरूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि पीडितले उजुरी दिएका थिए ।

संस्था नै बन्द गरी बचतकर्ताहरूको सात करोड चालिस लाख ८७ हजार बचत रकम अपचलन तथा हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सहकारी विभागको पत्रका आधारमा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको सिआइवीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर