२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नार्कका कर्मचारी आन्दोलनमा, निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १३:०६
नार्कका कर्मचारी आन्दोलनमा, निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ : नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरूले आजदेखि परिषद अन्तर्गतका सबै कार्यालयहरूमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् । 

प्राविधिक र प्रशासनिक समूहका कर्मचारीले समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेको भन्दै आन्दोलन उनीहरूले आन्दोलन थालेका हुन् । 

कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ बाट लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले भदौ ५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूले बताएका छन् ।

केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पांग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम पनि गर्ने उनीहरूले चेतावनी दिएका छन् । आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक दोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन शुरु गरिएको कर्मचारीहरूले बताएका छन् ।  
 

ADVADV

सम्बन्धित खबर

Advertise