२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात अवरुद्ध

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १३:४९
नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात अवरुद्ध

काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । 

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ । 

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै  रोकेको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise