२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सतर्कता केन्द्रले माग्यो अनुचित कार्य हेर्ने क्षेत्राधिकार

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १३:५०
सतर्कता केन्द्रले माग्यो अनुचित कार्य हेर्ने क्षेत्राधिकार

काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार माग गरेको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरन्जन विष्टले कारबाहीको अधिकार माग गरेका हुन् । 

भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथिको छलफलमा सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक विष्टले हाल कसैको पनि क्षेत्राधिकारमा नरहेको अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार आफूहरुलाई दिन माग गरेका हुन् ।

यसअघि संसदमा भएको छलफल समेतका आधारमा आफूहरूले यस्तो माग गरेको उनले बताए । २०७२ सालको संविधान जारी हुनुअघिसम्म सरकारी कर्मचारीको अनुचित कार्यमाथि अनुसन्धान गर्ने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थियो । तर नयाँ संविधानमा अख्तियारको क्षेत्राधिकारमा भ्रष्टाचारलाई मात्र राखेर अनुचित कार्य हटाइएको थियो । 

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐनमा अनुचित कार्य हेर्नुपर्ने विषय समेत छलफलका लागि पहिचान भएको बताए । अन्तरिम संविधानमा अनुचित कार्य हेर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा रहेको र हाल यो विषय कसले हेर्ने भन्ने स्पष्ट नरहेको उल्लेख गर्दै उनले अनुचित कार्य हेर्ने सम्बन्धमा छलफल गर्न सकिने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise