कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत, २० माघ । कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता नरबहादुर खड्काले शपथ ग्रहण गरेका छन् । उनले शुक्रबार प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा शपथ लिएका हुन् । मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा खड्कालाई शपथ गराएका हुन् ।
खड्कालाई मुख्यमन्त्री शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
शपथ कार्यक्रममा मुख्यमन्त्री शर्मासहित सभामुख नन्दा गुरुङ, उपसभामुख यसोदा न्यौपाने, आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी र भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विकको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies