काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो बस्ने माओवादीले जनाएको छ ।
बिहीबार विषयमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको जानकारी गराएपछि बैठक आजका लागि सारिएको हो ।
बैठकमा समसामयिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।
२०७८ पुसमा महाधिवेशन भएपनि केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी माओवादीले टुंग्याउन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies