सिन्धुपाल्चोकः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको शुक्रबार उद्घाटन गरेका छन् ।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गरेका थिए । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो ।
नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies