काठमाडौं : ग्लोबल आइएमई बैंकले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैंकहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।
यसअघि ऋणपत्र जारी गरेका बैंकहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैंकले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अंकित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण नेपालीलाई बैंकले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैंकले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies