२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भ्रष्टाचारको हद म्यादविरुद्ध प्रदर्शन

Nada
२०८१ भदौ ६ गते ११:५८
Shares
भ्रष्टाचारको हद म्यादविरुद्ध प्रदर्शन

काठमाडौंः भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधानविरुद्ध प्रदर्शन थालिएको छ । मानवअधिकार तथा शान्ति समाजकाे काठमाडौं शाखाले उक्त प्रावधानविरुद्ध ‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’, भन्ने नारासहित काठमाडौंको जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शन थालेकाे हाे ।

ncell

प्रदर्शनमा सहभागिहरुले ‘भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ’, ‘ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा’, ‘ठूला नेता मिलेका अरबअरब निलेका’, ‘नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर’, लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा शान्ति समाजका काठमाडौं जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल र सल्लाकार उत्तम पुडासैनीलगायतको सहभागिता भएका थियो । 

ताजा खबर

सम्बन्धित खबर