२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेलाई बोलायो सोधपुछमा

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १५:३४
सहकारी छानबिन विशेष समितिले रवि लामिछानेलाई बोलायो सोधपुछमा

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको हो । उनलाई समितिले शुक्रबार दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise