२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उद्योग वाणिज्य संघ बाँफिकोटको संयोजकमा रिजाल

ADV
प्रचण्ड खत्री
२०८१ भदौ ६ गते १५:४१
उद्योग वाणिज्य संघ बाँफिकोटको संयोजकमा रिजाल

रुकुम पश्चिम : उद्योग वाणिज्य संघ बाँफिकोटमा तदर्थ समिति गठन गरिएको छ । छिनखेतमा भएको व्यापारीकहरुको भेलाबाट शशीराम रिजालको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जसको सचिवमा नरेन्द्र बुढाथोकी तथा कोषाध्यक्षमा सीता सुनुवार रहेका छन् । व्यापारीहरुको आवाजलाई बुलुन्द गर्ने, व्यपारीहरुको हकहितको निम्ति आवाज उठाउनका लागि तदर्थ समिति गठन गरिएको संघले बताएको छ ।

तदर्थ समिति गठन कार्यक्रममा उद्योग वाणिज्य संघ रुकुम पश्चिमका अध्यक्ष पहबहादुर खड्का, महासचिव अनिल बुढालगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise