२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १६:४८
‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

काठमाडौंः वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताएका छन् । आज स्वच्छ हावा नेटवर्क नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन वुवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

नेटवर्कका संयोजकसमेत रहेका वातावणविद् डा. भूपेन्द्र दासले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेकामा जोड दिए । उनले स्वच्छ हावा कायम नराखे सर्वसाधरणको स्वास्थ्यमा नकरात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ कनाउन युवाले पहलकदमी लिनुपर्ने बताए ।

‘वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य जरुरी छ । यसका बारेमा जनस्तरमा व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नु पनि आवश्यक छ’, वातावणविद् डा. दासले भने, ‘स्थानीयस्तरमा वायु प्रदूषण सम्बन्धी जनचेतना अभिवृद्धि गरी प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गराई वातावणीय स्वच्छताका कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।’

उनले तीनै तहका सरकारलाई वायुप्रदूषण न्यूनीकरणसम्बन्धी नीति प्रभावकारी कार्यन्वयनका लागि दबाब दिन युवाको भूमिका महत्वपूर्ण रहने भन्दै यसमा युवाले अग्रसरता लिनुपर्नेमा जोड दिए । वातावरण अभियन्ता भोला भट्टराईले पछिल्लो समय बढ्लो सहरीकरण तथा औद्योगीकरणका कारण वायु प्रदूषण पनि बढ्दै गएको भन्दै यसको नियन्त्रण गर्न नसके मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने बताए । 

‘वायु प्रदूषणमा काठमाडौं प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । प्रदूषण बढेको समयमा रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयले स्थान पाउँछ’, उनले भने, ‘हामीले सधैँ वातावरणीयलाई स्वच्छता कायम राख्न पहल गर्नुपर्छ । युवा वर्ग जागरुप भएर वायु प्रदूषण नियन्त्रण तथा यसकोे असर न्यूनीकरणका विषयमा अभियान सञ्चालन गरी अगाडि बढाउन जरुरी छ ।’

युवा अभियन्ता सोनम श्रेष्ठले नेटवर्कले देशभरका युवालाई जोडेर स्वच्छ हावा कायम राख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । वातावरण न्यायका लागि आवाज उठाएर वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक रहेको अभियन्ताहरुको भनाइ छ । संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको स्वच्छ वातावरणको हक प्रभावकारी रुपमा कार्यान्वयन हुन आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise