२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शान्तिप्रक्रियाको कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड

Nada
२०८१ भदौ ६ गते १७:०३
Shares
शान्तिप्रक्रियाको कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड

काठमाडौंः राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

ncell

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उनले भनिन्, ‘खासखास बेलामा राजनीतिक दल एक ठाउँमा उभिएका छौँ, समस्या समाधान गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छौँ । शान्तिप्रक्रियाका कार्यभार टुङ्ग्याउन पनि सबै एक ठाउँमा उभिनुपर्छ ।’

पीडितले न्याय पाउने आशङ्का गरिएको उल्लेख गर्दै सांसद न्यौपानेले विधेयक निर्माणका क्रममा संविधान, अन्तर्राष्ट्रिय कानून र सरोकार भएकाको सुझावलाई आत्मसात् गरिएको बताइन् । ‘यो सङ्क्रमणकालीन न्याय हो, दुईवटा द्वन्द्वरत पक्ष हात मिलाएर अघि बढिसकेका छौँ’, उनले भनिन्, ‘पीडितहरुले न्याय पाउँदैनन् भनेर फेरि शान्तिप्रक्रियालाई भड्काउन खोजिएको छ, विधेयकमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घका विषयलाई आममाफी नदिइने विषय समेटिएको छ ।’

पीडितलाई राहत उपलब्ध गराउँदै परिपूरणको हक सुनिश्चित गरिएको जानकारी दिँदै सांसद न्यौपानेले बहिर्गमित लडाकुका साथै सुरक्षाकर्मीलाई पनि राहत र परिपूरणको व्यवस्था गरिएको स्पष्ट पारिन् । अब बन्ने आयोगले मसिनो गरी कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्दै उनले द्वन्द्वलाई दिगो शान्तिमा परिणत गरी सही ढङ्गले द्वन्द्व व्यवस्थापन गरिने बताइन् ।

ताजा खबर

सम्बन्धित खबर