२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रशान्त क्षेत्रले जलवायु ‘विनाश’ को सामना गरिरहेको राष्ट्रसङ्घीय प्रमुखको भनाइ

Nada
२०८१ भदौ ६ गते १८:२९
Shares
प्रशान्त क्षेत्रले जलवायु ‘विनाश’ को सामना गरिरहेको राष्ट्रसङ्घीय प्रमुखको भनाइ

काठमाडौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रशान्त क्षेत्रले जलवायु परिवर्तनका कारण चक्रवात, सामुद्रिक गर्मीको लहर तथा बढ्दो समुद्री सतहबाट ‘विनाश’ को सामना गर्नुपरेको बताएका छन् । सामोआको भ्रमणका क्रममा उनले प्रशान्त टापुहरूको अवस्था विश्वव्यापी उष्णताको पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्नमा निर्भर रहेको बताए ।

ncell

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा करिब दुई सय राष्ट्र उक्त लक्ष्यका लागि प्रयास गर्न सहमत भएका थिए । तर राष्ट्रसङ्घले उक्त लक्ष्यलाई प्राप्त गर्ने बाटोमा हाल विश्व नभएको सङ्केत गरेको छ । ‘उच्च तथा बढ्दो समुद्री सतहले प्रशान्त र अन्य साना टापु विकासोन्मुख मुलुकहरूका लागि ठूलो खतरा हो र यी चुनौतीले दृढ अन्तर्राष्ट्रिय कार्यको माग गरेको  छ’, गुटेरेसले भने । 

उनले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्य दशमलव शून्य दुई प्रतिशत मात्र योगदान गर्ने प्रशान्त क्षेत्रले व्यापक रूपमा जलवायु परिवर्तनमा चुनौतीको सामना गर्नुपरेको बताए । ‘समुद्रको सतह विश्वव्यापी रूपमा औसतभन्दा तीव्र गतिमा बढिरहेको छ, यसले लाखौँ प्रशान्त टापुबासीको अस्तित्वमा खतरा सिर्जना गरेको छ’, गुटेरेसले भने, ‘जनताले कष्ट भोगिरहेका छन्, अर्थतन्त्र ध्वस्त भइरहेको छ र सम्पूर्ण क्षेत्रले विनाशको सामना गर्नुपरिरहेको छ ।’ 

उनले विकासोन्मुख मुलुकहरूमा जलवायु परिवर्तनको परिणामको लागि भुक्तान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत आग्रह गरे । उनले प्रशान्त महासागरमा जलवायु परिवर्तन तथा प्लास्टिक प्रदूषणको प्रभावलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कारबाही गर्न पनि आह्वान गरे । महासचिव गुटेरेसले यस क्षेत्रमा प्रमुख शक्तिहरूको चासो बढ्दै गएको उल्लेख गर्दै चीन, अमेरिका र यसका सहयोगीहरूबीच प्रशान्त क्षेत्रमा प्रभावको वैमनस्यता उत्पन्न भएको सङ्केत गरे । ‘प्रशान्त क्षेत्रलार्ई प्रशान्त टापुबासीले सबैभन्दा राम्रोसँग व्यवस्थापन गर्दछन्, यस क्षेत्रलाई भू–रणनीतिक प्रतिस्पर्धाका लागि कहिल्यै मञ्च बनाउन हुँदैन’, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर