२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँफिकोट गाउँपालिकाको ४०औं कार्यपालिका बैठकले गरे यस्ता निर्णय

ADV
प्रचण्ड खत्री
२०८१ भदौ ७ गते ११:४१
बाँफिकोट गाउँपालिकाको ४०औं कार्यपालिका बैठकले गरे यस्ता निर्णय

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको ४०औं कार्यपालिका बैठक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको गाउँपालिकाका प्रवक्ता जोगबहादुर चन्दले जानकारी दिए ।

बैठकले पालिकामा आयका योजनाहरुको भदौ २० गतेसम्म ठेक्का खोल्ने निर्णय गरेको छ । यस्तै असोज १५ गतेसम्म सबै योजनाहरुको सम्झौता गरिसकनुपर्ने निर्णय भएको प्रवक्ता चन्दले बताए ।

त्यस्तै बैठकले शिक्षासम्बन्धी संघीय अनुदान शिक्षक, कोठा अपुग भएका विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको छ । स्यार्पुतालमा असोज महिनामा सधैं लाग्दै आएको स्यार्पु महोत्सव आयोजना गर्ने निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ । विश्व पर्यटकीय दिवसमा समावेश हुन पालिकाबाट टप्पा तथा सिङ्गारु नाचका कलाकार सुर्खेतमा पठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश रसाइलीले बताए । 

बैठकमा गाउँपालिका अध्यक्ष जनककुमार बाठा, उपाध्यक्ष तारा बुढा केसीलगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise