२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

अमेरिकामा तीन सातादेखि नेपाली नर्स बेपत्ता, श्रीमान् पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते ११:४३
अमेरिकामा तीन  सातादेखि नेपाली नर्स बेपत्ता, श्रीमान् पक्राउ

काठमाडौँ :अमेरिकामा तीन सातादेखि बेपत्ता भएकी नर्स ममता काफ्लेको श्रीमान पक्राउ परेका छन् । अमेरिकाको भर्जिनिया शहरबाट प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको हो ।

बिहीबार प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् ।  प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ । प्रहरीले काफ्लेको हत्या गरेर शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।

भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन् । तर नरेशले भने पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा भने उनी सहभागी थिएनन् ।

अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भइन् । श्रीमती सम्पर्कबिहिन हुँदा पनि उनका श्रीमानले कहीँ कतै खोजीको निवेदन दिएका थिएनन् । आफन्तले खोजी गरेपछि मात्र उनले प्रहरीमा निवेदन दिएका थिए । 

प्रहरीले श्रीमतीको हत्या गरेर घरमै कतै शव लुकाएको आशंका गरी उनको घरमा समेत खानतलासी गरेको थियो । अमेरिकाका स्थानीय संचारमाध्यमले उनको घरछेउमै शव गाडेको अवस्थामा भेटिएको भनेर समाचार प्रसारण गरेको भएपनि प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise