२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

केदारनाथ नजिकै पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १२:३५
केदारनाथ नजिकै पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

काठमाडौँ : भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ ।

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । 

मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो । यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले । शवलाई रुद्रप्रयाग लगिने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise