२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बंगलादेशबाट फर्केका विद्यार्थीलाई ‘प्रचण्ड’को आश्वासन, नेपालमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु 

Nada
२०८१ भदौ ७ गते १३:५४
Shares
बंगलादेशबाट फर्केका विद्यार्थीलाई ‘प्रचण्ड’को आश्वासन, नेपालमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु 

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ncell

केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरूसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताएका हुन् ।

विद्यार्थीहरूसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिएका थिए ।

जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिए।

अध्यक्ष ‘प्रचण्ड’ले आफूले एक पटक सरकारसित छलफल गर्ने र विशेष परिस्थितिका कारण एक पटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर