२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सवारी दुर्घटना न्यूनीकरणमा जुट्न अध्यक्ष दाहालको आग्रह

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १७:५४
सवारी दुर्घटना न्यूनीकरणमा जुट्न अध्यक्ष दाहालको आग्रह

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पछिल्ला समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि जुट्न सबै पक्षलाई आग्रह गरे ।
 
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । थप मानवीय क्षति हुन नदिन घाइतेको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

ADVADV

सम्बन्धित खबर

Advertise