२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कमला पुल निर्माण विवाद : संघर्ष समिति र मधेश प्रदेश सरकारबीच ४ बुँदे सहमति

ADV
राम पुकार यादव
२०८१ भदौ ७ गते २१:३७
कमला पुल निर्माण विवाद : संघर्ष समिति र मधेश प्रदेश सरकारबीच ४ बुँदे सहमति

सिरहा : नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषा र मधेश प्रदेश सरकारबीच ४ बुँदे सहमति भएको छ । हुलाकी सडक अन्तर्गत सिरहा धनुषा जोडिने कमलामा नयाँ पुल निर्माणको लागि निरन्तर विगत चौध दिनदेखि चरणबद्धरुपमा आन्दोलन हुँदै आएको छ ।

अनसनसहित  चरणबद्ध आन्दोलनको शुक्रबार १४ औं दिन पुल निर्माण संघर्ष समिति सिरहा–धनुषा र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको हो ।

कमलामा नयाँ पुल निर्माणको लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि बसेको अनशनकारीहरुको सहयोग र समर्थनमा विभिन्न तहतप्का क्षेत्र र निकायहरूबाट एक्यबद्धताको ओइरो नै लागेपछि सरकार सहमतिमा जुटिएको थियो ।

पुल निर्माणको लागि मधेश प्रदेश सरकारसँग चार बुँदे सहमति भएपछि शुक्रबारैबाट आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु पुल निर्माण संघर्ष समितिले फिर्ता लिएको सहमति पत्रमा उल्लेख गरिएको छ । 

मधेश प्रदेश सरकार र संघर्ष समितिबीच भएको चार बुँदे सहमतिमा कमलामा नयाँ पुल निर्माण गरिने, नयाँ पुल निर्माणका लागि आ.व.२०८२/०८३ मा संघ सरकारबाट बजेट राख्न पहल गरिने, संघ सरकारबाट उपलब्ध नभएको खण्डमा पुल निर्माणका लागि आवश्यक सम्पुर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने जनाएका हुन् ।

साथै २०८१ मंसिर १ गतेभित्र पुल निर्माणको लागि बोलपत्र आह्वान गरिने समेत सहमति पत्रमा उल्लेख गरिएका हुन् । दुई पक्ष बीचको चार बुँदे सहमतिपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise