२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मर्स्याङ्दी बस दुर्घटना : घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौँमा, तीर्थयात्रीको शव विमानबाट नासिक लगिने

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते ११:५१
मर्स्याङ्दी बस दुर्घटना : घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौँमा, तीर्थयात्रीको शव विमानबाट नासिक लगिने

काठमाडौँ: भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौँ आइपुगेकी छन् । 

उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेकी यहाँस्थित भारतीय दूतावासले जनाएको छ । 

पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । 

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको  शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise